भारत। १५ औँ सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोर भिड्ने भएका छन् । आज राती नेपाली समयअनुसार पौने ८ बजे अहमदाबाद स्थित नरेन्द्र मोदी खेलमैदानमा प्रतिस्पर्धा हुँनेछ ।
पहिलो क्वालिफायरमा राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात टाइटन्स फाइनलमा पुगिसकेको छ भने प्रतियोगिताको नियम अनुसार राजस्थानले इलिमिनेटरको विजेता बेङ्ग्लोरसँग क्वालिफायर खेल्ने मौका पाएको हो ।
बेङ्ग्लोर इलिमिनेटरमा लखनउ सुपर जायन्ट्सलाई १४ रनले हराउँदै क्वालिफायरमा पुगेको हो । आजको विजेता टोलीले फाइनल खेलमा गुजरातसँग खेल्न स्थान बनाउने छ । फाइनल खेल आइतबार अहमदाबादमा हुनेछ ।













