कैलाली । आर्थिक अभावका कारण उपचारमा समस्या भएका कैलालीको घोडाघोडी नगरपालिका ६, का बले कामीलाई ह्विलचेयर सहयोग गरिएको छ । रोजगारीको सिलसिलामा इजरायल बस्ने सुनसरीकी कोपिला भट्टराईले ह्विलचेयर किनिदिएकाे बले कामीका छोरा हिरेन्द्र कामीले जानकारी दिएका छन् ।
आर्थिक अभावका कारण उपचारमा समस्या भएकाे थाहा पाएपछि आफूले सकेको सहयोग गरेको कोपिला भट्टराईले बताएकी छन । ६३ वर्षीय बलेको खुट्टा आठ वर्ष अघि आगोमा जलेकाे थियो । उपचार पछि घरमै बस्दै आएका उनको खुट्टामा समस्या देखिएपछि हाल उपचारका लागि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा लगिएको थियो । त्यहाँ क्यान्सरको उपचार पश्चात् खुट्टा काटिएको थियो । तर आर्थिक अभावका कारण ह्विलचेयरमा किन्न नसकेका उनको ह्विलचेयरमा पाएपछि सहज भएकाे बताएका छन् ।
कामीकाे उपचारका लागी विभिन्न ठाँउबाट सहयोग सङ्कलन गरेर खुट्टा काटेर उपचार गरिएको थियो । अझै बिल तिर्न नसकिएको परिवारले जनाएकाे छ ।
सहयोगका लागि
बले कामीकी श्रीमती पापसरा देवी कामीको लक्ष्मी सनराइज बैकको खाता नम्बर ०४७१२४६५०१०४४०४४
छोराको हिरेन्द्र बिकको इ–सेवा आई डि ९८६८९४४३११ मा कल तथा पैसा पठाएर सहयोग गरेर सहयोग गर्न अपिल गरेका छन ।
आर्थिक अभावमा क्यान्सर पालेर बसेका बले कामी, सहयोग गरिदिन अपिल













