घोडाघोडी सुनचाँदी व्यवसायी संघले माघ ६ गते रक्तदान कार्यक्रम गर्दै

कैलाली । कैलालीको घोडाघोडीमा माघ ६ गते रक्तदान कार्यक्रम हुने भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका १, मा घोडाघोडी सुन चाँदी व्यावसायी संघले आफ्नो ८ औ वार्षिक उत्सव तथा चुनावी साधारण सभाको अवसरमा रक्तदान कार्यक्रम गर्न लागेको सुन चाँदी व्यावसायी संघका महासचिव दिनेश शोबले जानकारी दिएका छन् ।

घोडाघोडी सुन चाँदी व्यावसायी संघले सुनचाँदीको व्यवसायका साथसाथै समाजसेवा पनि गर्नुपर्छ भन्ने हेतुले समाज सेवाको लागी रक्तदान गर्दै आएको शोबले जानकारी दिए । माघ ६, गते शनिबार घोडाघोडी नगरपालिका १, सुखडमा रहेको होटल नवरत्नको अगाडि रक्तदान कार्यक्रम आयोजना गरिएको हुनाले उक्त स्थानमा गएर रगत दान गर्न अनुरोध गरिएको छ ।

Share