कैलाली । कैलालीको घोडाघोडी नगरपालिका र गौरीगंगा नगरपालिकाले दुई दिन विद्यालय बिदा दिएको छ । अत्याधिक चिसोका कारण जनजिवन कष्टकर भएपछि विद्यालयमा दुई दिन जाडो बिदा दिइएको छ ।
दुबै नगरपालिकाले आज सूचना जारी गरि अत्याधिक चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै माघ ४ र ५ गते नगर भित्रका विद्यालयहरू बन्द गर्ने जनाएको छ ।
केही दिन यतादेखि कैलाली लगायत तराईका जिल्लामा बाक्लो हुस्सु र सित लहरका कारण जनजीवन कष्टकर बन्दै गइरहेको छ ।















