सुदूरपश्चिम प्रदेशमा (भोलि) बिहिवार सार्वजनिक बिदा

कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले (भोलि) बिहिवार प्रदेशभरि सार्वजनिक बिदा दिने भएको छ। सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा मनाइने भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले पुस २६ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। बिदाको दिन प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ।

अछाम बाजुरा, बझाङ, डोटी लगाएत अन्य जिल्लामा उल्लासपूर्वक मनाइने भुवा पर्व पछिल्लो समय कैलाली, कञ्चनपुरमा पनि मनाउन थालिएको छ। पहाडी जिल्लाबाट तराईका जिल्लाहरूमा बसाई सरेका अछाम बाजुरा बझाङ्गका नागरिकहरुले कैलाली तथा कंचनपुरमा पनि भुवा पर्व मनाउने गरेका छन्।

Share