घोडाघोडीमा राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिता २०८० उद्घाटन

कैलाली | घोडाघोडीमा राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिता २०८० उद्घाटन गरिएको छ । आज बुधबार घोडाघोडी नगरपालिका १० पहलमानपुरमा रहेको कान्तिराज्यलक्ष्मी माध्यमिक विद्यालयको प्राङ्गणमा एक कार्यक्रमका बिचामा उद्घाटन गरिएको हो । “स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद ! एकताबद्ध देश, खेलकुदको सन्देश !!” भन्ने मुल नारा सहित सुरु भएको कार्यक्रमको उद्घाटन घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले गरेका हुन ।

२०/२१ गते आधारभुत तहको अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिता विभिन्न पाँच क्लस्टरमा सञ्चालन गरिएको थियो । भने २५ गते देखि सञ्चालन भएको माध्यमिक तहको राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिता २८ गते समापन कार्यक्रम गरिने भएको छ ।

राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिता कार्यक्रमको उद्घाटन कार्यक्रममा घोडाघोडी नगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहेको थियो । जसका लागि घोडाघोडी नगरपालिका भित्र रहेका विभिन्न कलस्टरमा रहेर विजेता विद्यालयको सहभागिता रहेको थियो ।
विद्यार्थीहरुको शारीरिक, मानसिक र भौतिक विकासका लागि खेलकुदको आवश्यकता पर्ने भएका कारण नगरपालिकाले नगरपालिका स्थापना भए देखि नै यस्ता अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावतले बताएका हुन् ।

Share