काठमाडाैं । फ्राइडे रिलिज अन्तर्गत आज बहुप्रतिक्षित नेपाली चलचित्र कबड्डी ४ रिलिज भएको छ । ‘कबड्डी’ को अन्तिम सिरिजका रूपमा प्रर्दशन हुँन लागेकाे कबड्डी ४ का लागि सोमबारदेखि अग्रिम बुकिङ खुला थियाे । रामबाबु गुरुङ निर्देशित यस फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ लगायत अन्य कलाकारले अभिनय गरेका छन् भने फिल्मको कथा निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् । कबड्डी ४ का लागि क्यूएफएक्सले १०० शाे प्रदान गरेकाे छ। जुन नेपाली चलचित्र इतिहासमा सबै भन्दा धेरै हाे । भारतिय चलचित्र केजीएफ च्याप्टर २ ले सर्वाधिक ८० शाे पाएकाे थियाे । 
केजीएफ, अार अार अार , पुष्पा लगायतका दक्षिणा भारतिय चलचित्रले नेपाली चलचित्रमा तहल्का मच्चाइरहेका बेला नेपाली चलचित्र कबड्डी ४ ले कस्ताे ब्यापार गर्ला ? सबैकाे चासाेकाे विषय रहेकाे छ । साथै यस चलचित्रले छक्का पन्जाले गरेकाे ब्यापारीक रेकर्ड तोड्ने अनुमान समेत गरिएकाे छन् ।













