दोषी ठहरिएका क्रिकेटर सन्दीप लामिछानेमाथि अदालतले आज सजाय तोक्दै

फाइल फाेटाे

कैलाली । जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर गरेका क्रिकेटर सन्दीप लामिछानेको सजाय अदालतले आज आज तोक्दै छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले चार दिनको निरन्तर बहसपछि पुस १३ गते गौशाला २६ माथिको बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेका थिए । सँगै सजाय तोक्न पुस २५ गतेलाई पेसी तोकेका थिए ।

अदालतले आजको पेसीबाट लामिछानेको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्ने छ । अदालतले गौशाला २६ नाबालिग नभएको ठहर गरेकाले सन्दीपलाई सात देखि १० वर्षसम्म कैद सजाय हुनसक्ने कानुनका जानकारहरू बताइ रहेका छन् ।

न्यायाधीश ढकालले लामिछानेले अपराध संहिता २०७४ को दफा २१९(१),(२),(३) ङ बमोजिम कसुर गरेको ठहर गरेका थिए । उक्त कानून व्यवस्था (दफा २१९(१),(२),(३)(ङ) मा १८ वर्षभन्दा माथिकालाई बलात्कार गरेको ठहर भएमा सात देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।

जिल्लाको फैसलाको पूर्णपाठ तयार भएपछि त्यसमा चित्त नबुझेमा मुद्दाका दुवै पक्षले उच्च अदालत पाटनमा पुनरावेदन दिन पाउनेछन् । लामिछानेले कानुनी व्यवसायीले यस अघि नै जिल्ला अदालत काठमाडौंको फैसला विरुद्ध पुनरावेदन जाने बताई सकेका छन् ।