काठमाडौं । २०७७ जेठ १० गते रुकुम पश्चिमा घटेको सोती घटनामा संलग्न रही मुद्दा चलाइएका ३४ जनामध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ र तारेखमा रिहा भएका एक गरी २४ जनालाई आज जन्मकैदको फैसला सुनाएको हो ।
र तारेखमा रिहा भएका १ गरी २४ जनालाई जन्मकैदको फैसला सुनाएको हो । य
आइतबारदेखि रुकुम जिल्ला अदालतमा सुरु भएको जारी सुनुवाइपछि न्यायाधीश खड्ग बहादुर केसीको इजलासले घटनामा संलग्न रहेकामध्ये २३ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको जनाएको छ ।
त्यसैगरी ज्यान मुद्दामा प्रतिवादी बनाएकी मृतक नवराज विककी प्रेमिका भनिएकी ५४ रुकुम पश्चिम ३६, उनकी आमा र भाइलाई जातीय छुवाछुतमा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको छ । यस्तै घटनामा संलग्न भनिएका आठ जनालाई भने रुकुम जिल्ला अदालतले सफाइ दिएको अदालतकी श्रेष्तेदार मन्दिरा शाहीले सञ्चार माध्यमलाई जानकारी दिएकी छन् । यसअघि सर्वोच्च अदालतले आठ जनालाई थुनामुक्त गर्ने आदेश समेत दिएको थियो ।
२०७७ जेठ १० गते रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीमा नवराज विकसहित छ जना किशोर तथा युवाको हत्या भएको थियो । प्रेमिका लिन भनी जाजरकोटबाट रुकुम पश्चिम गएका किशोर नवराज बिक तथा उनका साथीहरूको समूहलाई सोतीका स्थानीय बासिन्दाहरूले कुटपिट गरी सेती नदीमा बगाई हत्या गरेको आरोप लागेको थियो । सोही आरोपमा नेपाल सरकारले ३४ जनालाई मुद्दा चलाएको थियो । ३४ जनालाई प्रतिवादी बनाएर कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा मुद्दा दायर भएको थियो ।
२०७७ साल जेठ ३२ गते रुकुम जिल्ला अदालतमा दर्ता भएको मुद्दामा प्रतिवादीको सङ्ख्या बढी हुँदा सुनुवाइमै लामो समय लागेको थियो । मुद्दा दर्ता भएको ३६ महिनापछि उक्त मुद्दामा आइतबारदेखि निरन्तर सुनुवाइ गरी मंगलबार फैसला आएको हो ।













