कैलाली। मंसिर २२ गतेदेखि यूएईमा सुरु हुने एसीसी यू १९ एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ । आज एक कार्यक्रमका बिच नेपाल क्रिकेट संघ क्यानले एसीसी कप खेल्ने टोलीको बिदाइ गर्दै बधाईको शुभकामना समेत प्रदान गरेको छ । बिदाई कार्यक्रममा नेपाली टोलीका कप्तान देव खनालले भने युएईमा सुरु हुने एसीसी यू १९ एसिया कपको सेमिफाइनलमा पुग्ने लक्ष्य राखेको बताएका छन् । उनले बिदाई कार्यक्रम भारत र पाकिस्तान जस्ता बलिया टेष्ट राष्ट्रलाई समूह चरणको खेलमा पाखा लगाउँदै आफूहरू सेमिफाइनल प्रवेश गर्ने अठोट गरे ।
प्रतियोगितामा नेपाल बलिया राष्ट्र भारत र पाकिस्तानसँगै अफगानिस्तान रहेको समूह ‘ए’ मा छ। तर पनि नेपाली टोली यो समूहबाट सेमिफाइनलमा पुग्ने आशा कप्तान खनालले गरेका छन् । टोलीका कप्तान खनालले यसअघि पनि नेपालले भारतको यू-१९ टोलीलाई हराएको स्मरण गर्दै आफूहरू पनि त्यो इतिहास दोहोर्याउन आतुर रहेको बताएका हुन । उनले सिनियर टोलीले पनि राम्रो गरि रहेको र आफूहरू पनि एक एक खेलमा ध्यान दिएर अगाडि बढ्ने प्रण गरे । भारत र पाकिस्तानविरुद्ध राम्रो रन बनाउनु वा विकेट लिनु सबै यू-१९ टोलीका लागि राम्रो अवसर पनि रहेको कप्तान खनालले धारणा राखे । त्यसैले सबै जना यो समूहमा राम्रो नतिजासँगै राष्ट्रिय टोलीको यात्रा बनाउन पनि आतुर रहेको हुनको प्रतिज्ञा थियो । यसका साथै प्रशिक्षक जगत टमटाले पनि बिना दबाबमा राम्रो प्रदर्शन गर्ने धारणा राखेका थिए ।
यू–१९ एसिया कपको आठ पटक विजेता भारत र एक पटक विजेता पाकिस्तान एकै समूहमा रहेकाले नेपालका लागि निकै चुनौतिपूर्ण रहेको छ। तर नेपालका लागि खुसी कुरा त के भने राष्ट्रिय टोलीमा एक पछि अर्को गर्दै उत्कृष्ट प्रदर्शन गरिरहेका गुलसन झा पनि टोलीमा रहेका छन् । जसले गर्दा नेपाललाई ठूलो राहत मिल्ने छ ।
नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर २२ मा दुबईको आईसीसी एकेडेमी ओभल-२ मा खेल्नेछ।
दोस्रो खेल अफगानिस्तानसँग मंसिर २४ र समूहको अन्तिम खेल भारतसँग मंसिर २६ मा खेल्नेछ। समूहका दुई शीर्ष टोली सेमिफाइनल पुग्नेछन्। फाइनल पुस १ मा हुनेछ। नेपालले सन् २०२४ को जनावरीमा दक्षिण अफ्रिकामा यू-१९ विश्वकप खेल्दैछ। त्यसअघि नेपालले एसिया कप खेल्न लागेको हो। नेपालले यसअघि मलेसियामा भएको एसीसी प्रिमियर कप जितेर एसिया कपमा स्थान पक्का गरेको थियो।
यो तयारीका लागि नेपालले दुई हप्ताको अभ्यास गरेको छ। यस क्रममा नेपालले फरक फरक पिचमा आफूलाई अभ्यस्त बनाएको पनि प्रशिक्षक टमटा बताए।













