स्नातकोत्तरमा अङ्ग्रेजी पढ्न जुनसुकै विषय पढेकाे भएपनि हुने

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयमा अङ्ग्रेजी विषयमा स्नातकाेत्तर अध्ययन गर्न स्नातक तहमा जुनसुकै विषय पढेकाले पनि पाएने भएका छन् । त्रिवि अङ्ग्रेजी केन्द्रीय विभागीयले बुधवार सवै स्नातक तह उत्तीर्ण विद्यार्थीले स्नातकोत्तरमा अङग्रेजी विषय पढ्न पाउने व्यवस्था गरेको हाे ।

त्रिविले स्नातकमा ऐच्छिक अङ्ग्रेजी पढेकाले मात्र स्नातकोत्तरमा पढ्न पाउने पूर्व मान्यतालाई परिवर्तन गर्दै यस्तो व्यवस्था लागु गरेको हो ।

विश्वविद्यालयको अङ्ग्रेजी विषय स्थायी समिति, विद्यापरिषद् स्थायी समिति तथा प्राज्ञिक परिषद् स्थायी समितिको निर्णयअनुसार अंग्रेजी विषय स्नातकोत्तर तहको प्रवेश योग्यता सम्बन्धी नयाँ व्यवस्था  लागु गरेको छ ।

त्रिविबाट कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको, वा त्रिविबाट मान्यता प्राप्त कुनै पनि विश्वविद्यालयबाट न्यूनतम १०० पूर्णाङ्क वा सो सरह अङ्ग्रेजी सहित कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको र त्रिविबाट स्नातक तहको समक्षकता प्राप्त गरेका विद्यार्थी स्नातकोत्तर पढ्न पाउने निर्णय गरेको हो ।

Share