कैलाली । यही असोज १६ गते सुदूरपश्चिम प्रदेशको बझाङमा भूकम्प गयो । सोही भूकम्पपछि बझाङमा परकम्प जाने क्रम जारी रहेको छ।
शनिबार बिहान ११ बजे ४५ बझाङलाई नै केन्द्रबिन्दु बनाएर पुनः ५.३ म्याग्निच्युडको परकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।
१६ गते अपराह्न ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निच्युडको भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको थियो। उक्त भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका जनाइएको छ । त्यसअघि २ बजेर ५० मिनेटमा ५.३ रिक्टर स्केलको भूकम्प गएको थियो ।
शनिबारको गएको परकम्प सबैभन्दा ठूलो परकम्प हो । बझाङमा ठूलो क्षति पुर्याएको भूकम्पले सुदूरपश्चिमका विभिन्न जिल्लामा पनि भूकम्प क्षति पुर्याएको हो ।













