पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन निगमलाई सरकारकाे निर्देशन

तस्बिर : नेपाल प्रेस

कैलाली । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिएको छ ।

आज आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले चाडबाडको समयमा मूल्यवृद्धि गर्नु अनुचित भएको भन्दै निगमलाई फिर्ता लिन निर्देशन दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले बैठक पछि सञ्चार माध्यमलाई जानकारी दिइन् ।

निगमले गए राति पेट्रोलियम पदार्थको मूल्य बढाएपछि चाडबाडको समयमा आएर यस्तो गर्न नहुने भन्दै त्यसको चौतर्फी विरोध भइरहेको छ । निगमले पेट्रोल लिटरमा दुई रुपैयाँ र डिजेल तथा मट्टितेल लिटरमा छ रुपैयाँले बढाएको थियो ।

त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर दुई सय १५ रुपैयाँले बढाएको थियो । निगमले हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर आठ रुपैयाँले बढाएको थियो ।

Share