जोशीपुर र भजनीमा बिहीबार सार्वजनिक बिदा

कैलाली । कैलालीको जोशीपुर गाउँपालिका  र भजनी गाउँपालिकाले असोज ११ गते बिहीबारका दिन सार्वजनिक बिदा दिएकाे छ । बुधबार एक सूचना जारी गर्दै  असोज ११ गते बिहीबारका दिन चतुर्दशी (अनन्त) पर्वको अवसरमा पालिका भित्रका सबै सरकारी निकायमा स्थानीय बिदा दिने निर्णय गरेको जनाएको छ ।

बिहीबार कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू तथा विद्यालयहरूमा बिदा दिएको सूचना जारी गरिएकाे छ । अनन्त थारू समुदायले मनाउने पर्व हाे । जाेशीपुरमा थारू समुदायकाे बाहुल्यता रहेकाे छ । थारूहरूले मनाउने अनन्तका लागि गाँउपालिकाले सार्वजिनक बिदा दिएकाे हाे ।

 

Share