योग गरेर मात्र कामकाजमा जान सरकारी कर्मचारीलाई गृह मन्त्रालयको निर्देशन

कैलाली । १५ मिनेट याेग अभ्यास गर्न गरेर मात्र कामकाजमा जान सरकारी कर्मचारीलाई गृह मन्त्रालयले निर्देशन जारी गरेकाे छ । गृह मन्त्रालयले आज सूचना जारी गर्दै  कामकाजमा जानु अघि १५ मिनेट अनिवार्य रूपमा योगाभ्यास / ध्यान गर्न निर्देशन दिएको हाे । गृह मन्त्रालय तथा उपत्यकास्थित विभाग, कार्यालयका अधिकृतदेखि उच्च तहसम्मका कर्मचारीहरूको सहभागितामा एक दिवसीय ध्यान विज्ञान कार्यक्रम सञ्चालन भइसकेका साथै कार्यालयको कामकाजमा जानु अघि १५ मिनेट अनिवार्य रूपमा योगाभ्यास / ध्यान गर्न  निर्देशन दिइएको छ ।

गृहले योगाभ्यास तथा ध्यान मन्त्रालय र उपत्यकास्थित विभाग, कार्यालयका अधिकृतदेखि उच्च तहसम्मका कर्मचारीहरूको सहभागितामा एक दिवसीय ध्यान विज्ञान कार्यक्रम सञ्चालन भइसकेकोजनाएकाे छ । साथै अन्य तहका कर्मचारीहरूका लागि समेत निकट भविष्यमै प्रशिक्षण प्रदान गरिने योजना रहेकाले विभिन्न महाशाखा अन्तर्गतका अधिकृतस्तरका सबै कर्मचारीहरूले हरेक दिन बिहान १० : १५ भित्र अनिवार्यरूपमा कम्तीमा १५ मिनेट समय योगाभ्यास तथा ध्यान गर्न भनिएकाे छ ।

मन्त्रालयले योगाभ्यास / ध्यान गरेर मात्र आ- आफ्नो कार्य जिम्मेवारी प्रारम्भ गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ । साथै कर्मचारीहरूलाई योग प्रशिक्षण प्रदान गरी सकेपछि सोही अनुरूप योग / ध्यान गर्ने व्यवस्था र वातावरण बनाउनु पर्ने समेत सूचनामा उल्लेख गरिएको छ।

Share