कैलाली । चीनको हाङजाउमा जारी एसियाली खेलकुदमा नेपाली पुरुष भलिबल टोलीले लगातार दोस्रो हार बेहोर्दै समूह चरण बाटै बाहिरिएको छ। हाङजाउमा आज बुधवार सम्पन्न खेलमा नेपाली भलिबल टोली इरानसँग ३-० को सोझो सेटमा पराजित हुन पुग्यो । यसअघि पहिलो खेलमा नेपालले मङ्गलबार बहराइनसँग ३-१ ले पराजित भएको थियो ।
विश्व वरियतामा ११ औं स्थानमा रहेको इरानले पहिलो सेट २९-९ को फराकिलो अन्तरले जितेको हात पर्दा दोस्रो सेट २५-१५ र तेस्रो सेट २५-१३ को अन्तरले हात पार्दै नेपालमाथि सहज जित दर्ता गर्न सफल भयो ।
यता नेपाली टोलीले भने यसअघि पहिलो खेलमा बहराइनसँग नेपाल ३-१ को सेटमा पराजित भएको थियो। उक्त खेलमा नेपालले पहिलो सेट २५-२० ले हात पारे पनि त्यसपछिका तीन सेटमा लगातार हार बेहोर्न पुग्यो परिणामस्वरूप अन्ततः खेल नै आफ्नो हातबाट गुमाउन पुगेको थियो। नेपालले दोस्रो सेट २५-२०, तेस्रो सेट २५-२८ र चौथो सेट २५-१५ ले गुमाएको थियो।
प्रतियोगितामा लगातार दुई खेलमा हार बेहोरेसँगै नेपाली पुरुष भलिबल टोली प्रतियोगिताबाटै बाहिरिएको छ।
एसियन गेम्सको उद्घाटन बाँकी नै रहे पनि फुटबल, भलिबल, क्रिकेट लगायतका खेलहरू भने सञ्चालन भइरहेका छन्।













