कैलाली । प्राध्यापक डाक्टर दिपक राज जाेशी नेपाल सरकारले प्रदान गर्ने नेपाल विद्याभूषण ‘क’ २०८० बाट सम्मानित हुने भएका छन् । कैलालीकाे घाेडाघाेडी नगरपालिका १ सुखड स्थित घाेडाघाेडी बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख जाेशी यस वर्ष विद्याभूषण ‘क’ बाट सम्मानित हुन लागेका हुन् ।
अङ्ग्रेजी साहित्यमा विद्यावारिधि उपाधि हासिल गरे बापत उनले याे पदक प्राप्त गरेका हुन् । कैलालीकाे ग्रामीण क्षेत्रमा शैक्षिक सुधारका लागि क्रियाशील जाेशीले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुसन्धानमुलक जर्नलमा दर्जनाैँ लेख प्रकाशित गरेका छन् । जाेशीले नेपाल विद्याभूषण ‘क’ बाट सम्मानित गर्ने कुराले आफू अझ हाैसिएकाे बताएका छन् ।
नेपाल सरकारले हरेक वर्ष विद्यावारिधि उपाधि हासिल गरेकालाई याे पदक प्रदान गर्दै आएकाे छ ।

सम्मानित हुने सम्पुर्णकाे सूचि













