बिग ब्यास लिगको ड्राफ्टमा परेका लामिछानेसहितका सबै खेलाडी अनसोल्ड

कैलाली । अस्ट्रेलियन फ्रेन्चाइज बिग ब्यास लिग (बीबीएल) को ड्राफ्ट मा परेका नेपालका पूर्वकप्तान लेग स्पिनर सन्दीप लामिछानेसहितका पाँचै जना खेलाडी अनसोल्ड भएका छन् ।

लामिछानेले यसअघि पनि बिग ब्यास लिग खेलेका थिए । जसमा पनि उनले उत्कृष्ट प्रदर्शन गरेका यस पटक भने उनलाई लिन कुनै पनि टोलीले चासो देखाएनन् । अरु चार जना खेलाडी पन भने बिग बासको ड्राफ्ट पहिलो पटक परेका थिए ।

यस पटक युवा ब्याट्सम्यान देव खनाल, विकेटकिपरद्वय आसिफ शेख र अर्जुन साउद, आरिफ शेख ड्राफ्टमा परेका थिए । तर लामिछाने सहित उनीहरूलाई कुनै पनि टोलीले लिन चाहेनन् ।

यस अघिका सिजनमा होबार्ट होरिकेन्सबाट खेलिसकेका लामिछानेलाई भने उक्त टोलीले पुर्नविचार (रिटेशन) को सूचिमा राखेको पछि उनी ड्राफ्टको सूचीमा परेका हुन् तर अन्तिममा होबार्टले पनि उनलाई पुनः लिन चाहेन् ।

Share