भारत: रोयल च्यालेन्जर्स बैङ्गलोर १५ सिजनको इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । कोलकातामा गएराति भएको एलिमिनेटर खेलमा नवप्रवेशी टोली लखनउ सुपर जाइन्ट्सलाई १४ रनले पराजित बैंगलोर क्वालिफायरमा पुगेको हो ।
बैङ्ग्लोरले दिएको २ सय ८ रनको विशाल लक्ष्य पछ्याएको लखनउ सुपर जायन्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान केएल राहुलले सर्वाधिक ७९ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् । बलिङमा बैङ्गलोरका जोश हाजलउडले ३ विकेट लिए । त्यस्तै मोहमद सिराज, हर्सल पटेल र वानिन्दु हसरंगा डी सिल्भाले समान १ विकेट लिए ।
टस हारेर ब्याटिङको मौका पाएको बैङ्ग्लोरले निर्धारित २० ओभरमा मात्र ४ विकेट गुमाएर २ सय ७ रनको विशाल लक्षय दियाे । बैङ्गलोरका रजत पटीदरले अविजित १ सय १२ रनको शतकीय पारी खेले । लखनउका कुर्नाल पाण्डेय, मोसिन खान, अभेस खान र रबि बिश्नोईले समान १ विकेट लिए ।
बैङ्ग्लोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग खेल्नेछ । लखनउ भने यस सिजनको आइपिएलबाट बाहिरिएको छ । राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको थियो । गुजरात फाइनलमा पुगिसकेको छ । अब राजस्थान र बैङ्गलोर बिचको खेलमा विजेता टोली फाइनल प्रवेश गर्ने छ भने पराजय हुने टोली तेस्रो स्थानमा रहने छ ।













