निर्वाचनमा परिणाम निराशाजनक, अध्यक्ष मिश्रकाे राजीनामा

फोटो : रविन्द्र मिश्रको फेसबुक पेजबाट

कठमाडाैं: भर्खर सम्पन्न स्थानीय तह निर्वाचनमा निराशाजनक परिणाम अाएपछि विवेकशील साझा पार्टी अध्यक्ष रविन्द्र मिश्रले पदबाट राजिनामा दिएका छन् । बुधबार आफ्नो आधिकारिक फेसबुक पेजमा एक विज्ञप्ति सार्वजनिक गर्दै पदबाट राजिनामा दिएको घाेषणा गरेका हुन् ।  

मिश्रले निर्वाचनमा आफ्ना उम्मेदवार सक्षम हुँदा हुँदै पनि पराजित भएका र उक्त जिम्मा पार्टी अध्यक्षको हैसियतले आफूले लिनुपर्ने भन्दै नैतिकताकाे हिसाबले राजिनामा दिएका हुन् । ‘हाम्रा उम्मेदवारहरू इमानदार र सक्षम हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रूपमा मैले लिनुपर्छ’ भन्दै उनले नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
उनले अध्यक्ष पदबाट राजिनामा दिए पनि पार्टीको साधारण सदस्यमा रहिरहने र पार्टीलाई सधैँ अगाडि बढाउन आफ्नो भूमिका रहने समेत बताएका छन् ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *