कैलाली। आज बुधबार अगस्ट ३० अर्थात् एसिया कप क्रिकेट प्रतियोगिताको १६ औँ संस्करण सुरू हुने दिन । जसमा पनि नेपाली क्रिकेट टोलीका लागि ऐतिहासिक दिन । पहिलो पटक नेपाली राष्ट्रिय क्रिकेट टोलीले ठूलो उपलब्धि हात पार्दै एसिया कप क्रिकेट प्रतियोगिता खेल्ने अवसर पाएको छ । त्यतिमात्रै हैन पहिलो पटक विश्वासका शक्तिशाली राष्ट्र भारत र पाकिस्तानसँग खेल्ने अवसर समेत पाएको छ । हाल सम्म पनि भारत र पाकिस्तान सँग खेल्न नपाएको नेपाली टोलीले आज पहिलो पटक पाकिस्तानको सामना गर्दै छ ।
उसो त भन्ने हो भने नेपाल एसिया कपमा छनोट भएको हो पहिलो पटक भने हैन। नेपाल यसअघि सन् २००२ मा पनि एसिया कपमा छनोट भएको थियो तर खेल्न भने पाएन । भारत र पाकिस्तानको द्वन्द्व प्रत्यक्ष रूपमा खेलमा देखिन्छ । जसले गर्दा एसिया कप जस्तो प्रतियोगिता स्थगित समेत हुने गरेको छ । जसको मारमा नेपाल २००२ मा पर्यो छनोट भए पनि उक्त बेला यी दुई राष्ट्रको असमझदारीका कारण एसिया कप हुन सकेन । फलतःः नेपालले त्यति बेला खेल्ने अवसर पाएन । त्यसकारण नेपाल यो सिजनको एसिया कपबाट डेब्यु गर्दै छ ।
यस सिजनको एसिया कप पनि यी दुई शक्ति राष्ट्रका बीचको द्वन्द्वले हुने नहुने अन्योल बढेको थियो । भारतले पाकिस्तानलाई सुरक्षाको कारण देखाउँदै आफू त्यहाँ गएर नखेल्ने बताए पछि अन्यौल बढेको थियो । अन्ततः श्रीलंका र पाकिस्तान गरी दुई देशमा यस सिजनका खेल गर्ने सहमति भएसँगै एसियाको मिति तय गरिएको थियो ।
आज देखि श्रीलंका र पाकिस्तानमा शुरु हुन लागेको खेलको उद्घाटनमा भने आईसीसी एकदिवसीय विश्व वरियतामा पहिलो नम्बरमा रहेको घरेलु टोली पाकिस्तान र पहिलो पटक डेब्यु गर्न लागेको वरियताको १५ औं स्थानमा रहेको नेपाल भिड्ने भएका छन् । उसो त वरियता नै हेर्ने हो भने पनि नेपाल भन्दा पाकिस्तान कयौं गुण बलियो रहेको छ तर खेल हो दुई बलले नतिजा परिवर्तन गरी दिन्छ । नेपाली टोली पनि युवा खेलाडीले भरिपूर्ण छ । जोसजाँगर छ । जसले गर्दा पाकिस्तानलाई खुलेर खेल्न सहज हुने छैन ।
उसो त पाकिस्तानी टोलीका कप्तान बाबर आजमले एसिया कपको पूर्व सन्ध्यामा सञ्चार माध्यमसँग कुरा गर्दै आफूहरूले नेपाललाई हल्का रूपले नलिएको युवा खेलाडीले भरिपूर्ण टोली आफैमा सक्षम रहेका कारण आफूहरू पनि मैदानमा भरतपुर सङ्घर्षरत हुने बताई सकेका छन् । अवसर र चुनौती दुवैलाई सङ्गालेर पाकिस्तान पुगेको नेपाली टोलीलाई जित या हार भन्दा पनि खेलमा गर्ने प्रदर्शन र सिकाइ नै महत्वपूर्ण हुने छ ।
के छ नेपाललाई चुनौती ?
नेपाल पहिलो पटक एसिया कप खेल्न लागेको हो । कुरा त्यति मात्रै हैन नेपालले पहिलो पटक विश्वका शक्तिशाली देशसँग पनि पहिलो पटक खेल्ने अवसर पाएको छ । यस्तो अवसर पाउँदा टोलीलाई भावी दिनमा अगाडि बढ्न ठूलो राहत मिल्छ । सिकाइ हुन्छ । विश्वका चर्चित खेलाडीसँग खेल्दा अनुभव र सिकाइ त हुने निश्चित नै छ यसमा कुनै दुई मत छैन । तर अवसर सँगै नेपाललाई चुनौती पनि छ । पाकिस्तान पछिल्लो समय झन झन बलियो भन्दै गएको छ । २०२१ को टी २० क्रिकेट विश्वकप क्रिकेटमा उसले भारत जस्तो बलियो राष्ट्रलाई १० विकेटले पाखा लगाए दिएको थियो । भारतीय टोलीमा न त अनुभवको बन् नै थियो न त अन्य कुराको नै। त्यसैले नेपालका लागि यो अवसर सँगै चुनौती पनि छ ।
आफूभन्दा तुलनात्मक रूपमा कमजोर देशसँग खेल्दा बलिया राष्ट्र त खुलेर खेल्ने नै हुन । त्यसपछि अनुभव सँगालेका ब्याट्सम्यान बलर माथि जाई लाग्न सक्छन् अनि अनुभवी बलर ब्याट्सम्यान लाई दबाब दिन सक्छन् । यति भनी रहँदा कमजोर टोली कमजोर नै हुन्छ केही गर्न सक्दैन भन्ने हुँदै हैन् केही समय अगाडि सम्पन्न एकदिवसीय विश्वकप क्वालिफायरमा नेदरल्याण्ड्स जस्तो देशले विश्वकपको उपाधि उचाली सकेको वेस्ट इन्डिजलाई पाखा लगाउँदै एकदिवसीय विश्वकप २०२३ मा छनोट समेत भएको कुरा हाम्रै अगाडि छ । जुन खेलमा वेस्ट इन्डिजसँगै टेस्ट राष्ट्र आयरल्याण्ड र जिम्बाबे समेत निरीह बन्न पुगे । सबैलाई चक्मा दिँदै उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्याण्ड्स छनोट भइदियो । त्यसकारण खेलमा कोही कमजोर र बलियो भन्ने हुँदैन दुई बलले मात्रै नतिजा उल्ट्याई दिन सक्छ ।
कसको डर आजको खेलमा नेपाली खेलाडीलाई ?
पाकिस्तानी टोली निक्कै अनुभवी खेलाडीले भरिपूर्ण रहेको छ जस कारण उ नेपालभन्दा निकै बलियो मानिएको छ । जसमा कप्तान बाबर आजम, विकेट किपर ब्याट्सम्यान मोहम्मद रिजवान, फखर जमान, इमाम उल हक जस्ता मुख्य हतियारका रूपमा ब्याट्सम्यान रहेका छन् । जसले नेपाली बलरको अनुभवको अभावमा मौका छोप्दै ठूलो आँकडा तयार गर्न सक्छन् ।
यस्तै पाकिस्तानको अर्को बलियो पक्ष र मुख्य हतियार भनेको फास्ट बलिङ हो । उसले हालसम्मका प्रतियोगितामा पनि यस्तै गर्दै आएको छ । उसका शाहिन साह अफ्रिदी, ह्यारिस रफ र नसिम साहले जतिसुकै बलियो ब्याटिङ पङ्क्तिलाई पनि धराशायी बनाउन सक्ने क्षमता राख्छन् । तर पनि नेपालका लागि सन्तोषको पक्ष चाहिँ मुल्तानको पिचले फास्ट बलरलाई त्यति सहायता गर्दैन । फास्ट बलिङको तुलनामा पाकिस्तानको स्पिन अलिक फितलो छ । सदाब खान मुख्य स्पिनर हुन् भने इफ्तिकर अहमदले पार्टटाइम स्पिन गर्न सक्छन् । र टोलीलाई राहत दिन सक्छन् ।
नेपालको बलियो पक्ष के जसले पाकिस्तानलाई निरिह बनाउन सकोस्
नेपालको चाहिँ मुख्य शक्ति नै स्पिन हो । जसमा दर्जनौं अन्तराष्ट्रिय लिगहरू खेल्दै अनुभव बटुलेका विश्व किर्तिमान समेत कायम गरेका पूर्व कप्तान सन्दीप लामिछाने जसले पाकिस्तानको ब्याटिङलाई धराशायी बनाउन सक्छन् । उनलाई अर्को इन्डबाट अर्का स्पिनर ललित राजवंशीले दिने छन् । जो पछिल्लो समय निकै लयमा रहेको छन् । उनीहरूको बललाई खुलेर खेल्न त्यति सजिलो हुनेछैन पाकिस्तानी ब्याट्सम्यानका लागि । साथमा दिपेन्द्रसिंह ऐरीले पनि कसिलो १० ओभर फ्याँक्न सक्छन् । नेपालले पाकिस्तानविरुद्ध आफ्नो बलिङ आक्रमण स्पिनमै केन्द्रित गर्नुपर्ने देखिन्छ । त्यस्तै कुशल मल्ल अनि पार्ट टाइम राम्रै स्पिन फ्याँक्न सक्छन् । आजको पिचको अवस्था हेरेर प्रशिक्षक मोन्टी देसाइले अन्तिम ११ को टुंगो लगाउने छ्न । करण केसी, सोमपाल कामी र गुलसन झाले तिव्रगतिको बलिङ बाट प्रभाव छोड्नु पर्ने देखिन्छ।
यस्तै ब्याटिङमा ओपनर कुशल भुर्तेल र आशिफ शेखले सुरुवाती चरणमा क्रिजमा टिकेर खेल्न सक्यो भने तेस्रो नम्बरमा भीम सार्की र कुशल मल्ल मध्ये एक आउने छन् भने एउटा तेस्रो मा आउँदा अर्को चाहिँ पाँचौमा आउने छ्न । नियमित रूपमा तेस्रो नम्बरमा ब्याटिङ गर्ने अनुभवी खेलाडी पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सन्यास लिई सकेका छन् । जसले गर्दा टोलीमा केही अनुभवको अभाव खड्किने देखिन्छ । तर पनि युवा खेलाडीले त्यसको अभाव हुन दिने छैनन्। जस्ता सुकै बलरमाथि कमी सहजै हमला गर्ने क्षमता कुशल मल्ल राख्दा छन् । उनी ठूला ठूला सर्ट खेल्न माहिर छन् । चौथो नम्बरमा कप्तान रोहित कुमार पौडेल कप्तानी जिम्मेवारी सम्हाल्ने छ्न् ।
त्यसपछि आवश्यकता अनुसार दीपेन्द्र सिंह ऐरी, आरिफ शेख र गुलसन झा मध्ये सम्भवतःः एउटा आउने छन् । टोलीलाई सम्हाल्दै गर्दा सोमपाल पनि अन्तिमतिर आएर टोलीलाई केही राहत दिन सक्छन् भने फिनिसिङमा करण र सन्दीपले ठूला सर्ट प्रहार गरेर केही राहत दिने छन् ।
ब्याटिङमा भने नेपाली टोलीले केही संयमता भने पक्कै पनि अपनाउनु पर्ने नै छ ।
खेल नेपाली समय अनुसार सवा तीन बजे पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा सुरु हुँदै छ ।












