कैलाली । थारू समुदायको गुरही पर्वको अवसरमा कैलाली जिल्लाका दुई स्थानीय तहहरूले मध्ये अन्य सबै पालिकामा आज सोमबार सार्वजनिक बिदा दिइएको छ ।
जिल्लाका मोहन्याल र चुरे गाउँपालिका बाहेक अन्य सबै पालिकाले थारू समुदायकाे गुरही पर्वको अवसरमा सार्वजनिक बिदा आज दिएकाे छ । पालिकाहरूले आइतबार जारी गरेको सूचनामा नगरपालिका तथा गाउँपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक सङ्घ संस्थामा स्थानीय बिदा दिएको जनाएका छन् ।
थारू समुदायको चाडको सुरुवातको रुपमा गुरहीपर्व पर्वलाई मनाउने गरिन्छ । थारु समुदायमा ‘गुरही’ मनाउनुको अर्थ, नाग बाबालाई पुजा गर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास गरिन्छ । नागबाबालाई घरको द्वारमा टाँसेर पूजा गर्नुको आशय दुःख, कष्ट र रोगव्याधीलाई नागबाबाले घरमा प्रवेशबाट रोकून् भन्ने नै हो ।













