तिलाकर्णाली सुदूरपश्चिममै सर्वोत्कृष्ट

सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा नंं. २ साडँपानिमा रहेको तिलाकर्णाली बचन तथा ऋण सहकारी संस्था सुदूरपश्चिममै उत्कृष्ट ठहरिएको छ । नेपालमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरूको छाता संगठन नेपाल बचत तथा ऋण  सहकारी लि. (नेफ्स्कुन) को ३६ औं वार्षिक उत्सवका अवसरमा आज बिहीबार तिलाकर्णाली बचत तथा ऋण  सहकारीलाई यस वर्षको सुदूरपश्चिम प्रदेश स्तरीय सर्वोत्कृष्ट सहकारी घोषणा गरिएको हो ।

नेफ्स्कुनले हरेक वर्ष प्रदान गर्दै आएको सुदूरपश्चिम प्रदेश स्तरीय उत्कृष्ट बचत तथा ऋण सहकारीको उपाधि यस वर्ष तिलाकर्णालीलाई प्रदान गरिएको हो । तिलाकर्णाली बचत तथा ऋण सहकारी विगत १२ वर्ष देखी कैलालीको घोडाघोडी नगरपालिका भित्र उत्कृष्ट सेवा दिइरहेको छ । करिब २ हजार भन्दा बढी बचतकर्ता भएको तिला कर्णालीले बचत तथा ऋण सहकारीको क्षेत्रमा छुट्टै पहिचान स्थापित गरेको तिलाकर्णाली बचत तथा ऋण सहकारीका व्यवस्थापक लाल बहादुर भण्डाराले जानकारी दिए ।

Share