सुदूरपश्चिममा शुक्रबार सार्वजनिक बिदा

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले भोलि शुक्रबार अर्थात भदौ १ गते सार्वजनिक बिदा दिइएको छ। हरेक वर्ष भदौ १ मनाइने ओल्के पर्वका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

ओल्के पर्वको अवसरमा प्रदेश सरकारले भोलि सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय बन्द हुने जनाएको छ। सुदूरपश्चिममा मनाइने यो पर्वमा सार्वजनिक बिदा दिने भने प्रदेश सरकारको राजपत्रमा उल्लेख गरिएको छ ।

ओल्के पर्वमा दिन काँक्रा, भान्टा, मुला, दही, पिँडालुका पात र हरियो सागपात आफन्तजनलाई बाँडेर हर्ष उल्लासका साथ मनाउने गरिन्छ । साउने झरी सकिए लगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसियालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने प्रचलन छ।

विशेष गरी आफूभन्दा ठुलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो/मसिनो खानु, हातमा मेहन्दी लगाउनु यस पर्वको मुख्य विशेषता रहेको छ ।

प्रदेश राजपत्रमा अंकित बिदा
Share