एक वर्ष पछि स्टोक्सको सन्यास फिर्ता, विश्वकपमा इंग्ल्याण्डलाई ठूलो राहत

तस्बिर : आईसीसी ( सन् २०१९ को एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा उपाधि भिडन्तमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्दा त्यो क्षणको तस्बिर

कैलाली । इंग्ल्याण्डका विश्व चर्चित अलराउन्डर क्रिकेटर बेन स्टोक्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट एक वर्ष पहिले लिएको सन्यास फिर्ता लिएका छन् । २०२३ को एकदिवसीय विश्वकप क्रिकेटको पूर्वसन्ध्यामा आएर स्टोक्सले सन्यास फिर्ता लिएको घोषणा गरेका हुन् । गत वर्ष २०२२ जुलाई १९ मा दक्षिण अफ्रिकासँगको खेल खेलेर सन्यास लिएका हुने एक वर्ष पछि पुनः समस्या फिर्ता लिएको जनाएका हुन ।

आउँदो अक्टोबर ५ देखि भारतमा सुरु हुने एकदिवसीय विश्वकप क्रिकेट २०२३ को तयारीमा टोली रहेका बेला उनको यो अपत्यारिलो निर्णयले इंग्ल्याण्डको टोलीलाई भने निकै राहत मिलेको छ । टोलीका एक हिस्सेदार समेत मानिएका स्टोक्स टोलीमा फर्किँदा विश्वकपमा टोलीलाई थप राहत मिलेको छ । उनले टोलीलाई दुई पटक विश्वकपको उपाधि उचाल्न महत्वपूर्ण योगदान दिएका छन् ।

सन् २०१९ मा इंग्ल्याण्डमा भएको एकदिवसीय विश्वकप क्रिकेटको उपाधि घरेलु टोलीले हात पार्दा जसका नायक उनै स्टोक्स थिए । जस खेलमा टोलीको ब्याटिङ धरासायी अवस्थामा पुगेको बेला टोलीलाई सम्हाल्दै उपाधि दिलाएका थिए । उक्त खेलमा उनले ब्याटिङ तर्फ ९८ बलको सामना गर्दै पाँच चौका र दुई छक्काको मद्दतमा अविजित ८४ रनको योगदान दिदै खेललाई सुपर ओभरमा पुर्याएका थिए, भने सुपर ओभरमा समेत तीन बलको सामना गर्दै एक चौकाको मद्दतमा अविजित आठ रन बनाएका थिए । उक्त उनको योगदान नै टोलीका लागि वरदान सावित भयो र इंग्ल्याण्डले पहिलो पटक एकदिवसीय विश्वकप क्रिकेटको उपाधि उचालेको थियो ।

त्यस्तै अष्ट्रेलियामा सम्पन्न भएको २०२२ को टी २० विश्वकपको फाइनलमा पनि उनले सोही २०१९ को एकदिवसीय विश्वकपको लय नै समाते । जस खेलमा उनले चार ओभर बलिङ गर्दै ३२ रन खर्चिएर एक विकेट हात पारेका थिए भने पाकिस्तानले दिएको एक सय ३७ रनको लक्ष्य पछ्याउने क्रममा उनले ४९ बलमा पाँच चौका र एक छक्काको सहयोगमा अविजित ५० रनको अर्धशतकीय पारी खेल्दै टोलीलाई टी २० विश्वकपको उपाधि दिलाए । जहिले पनि टोली धराशायी अवस्थामा परेको बेला सानदार प्रदर्शन गर्दै टोलीलाई जित तर्फ उन्मुख गराउने स्टोक्सले गत वर्ष मात्रै एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट विश्राम लिने त्यस्तै गरी टी २० र टेष्ट क्रिकेटमा भने आफै रही रहने बताएका थिए ।

तर यसपटक पनि विश्वकपको उपाधि दाबेदार मानिएको इंग्ल्याण्डका लागि उनको अभाव खड्कि रहेको थियो सोही बेला उनले सन्यास फिर्ता लिएका छन् । उनी हाल टेष्ट टोलीको कप्तान समेत रहेका छन । अब विश्वकप अघि इंग्ल्याण्डले न्युजिल्यान्डसँग एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्दै छ ।

सम्भवतः उनी यही शृंखलाबाट एक दिवसीय टोलीमा फर्कनेछन् । अहिले उनी उमेरले ३२ लागेका छ । इंग्ल्याण्डले भारतमा हुने आसन्न एक दिवसीय विश्वकपमा उपाधि रक्षा गर्नुपर्ने चुनौती समेत रहेको छ जुन जिम्मेवारी उनी पुनः आफै लिन चाहन्छन् ।

सन् २०११ मा आयरल्यान्ड विरुद्ध डेब्यु गरेका उनले एक सय चार एकदिवसीय खेलमा तीन शतक सहित दुई हजार नौ सय १९ रन बनाएका छन्। यस्तै उनले ७४ विकेट लिएका छन्।

Share