भजनीमा स्वास्थ्यचाैकीका लागि बनेकाे भवन अलपत्र, वर्षेनी डुबानमा (फाेटाे फिचर)

जलमग्न नवनिर्मित स्वास्थ्य सेवा केन्द्रको भवन

कैलाली । कैलालीकाे भजनी नगरपालिका वडा नं. ३ ठेकीपुरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण सम्पन्न भएको डेढ वर्ष भयो । तर हालसम्म पनि उक्त भवन सञ्चालनमा आउन नसक्दा अलपत्र छ । भजनीमा हुलाकी राजमार्ग अन्तर्गत ठेकीपुरमा निर्माण सम्पन्न भएको स्वास्थ्य भवन नगरपालिकाले बेवास्ता गर्दा वर्षेनी डुबानमा पर्दै आएको छ । भजनी कैलालीकै सबै भन्दा बढी डुबान हुने क्षेत्र पनि हो । हुलाकी राजमार्गबाट करिब १५ मिटरको दूरीमा बनेको उक्त भवन वर्षायाममा डुबानमा पर्दै आएको  हाे ।

स्वास्थ्य चाैकीको भवन सञ्चालनमा आउन नसक्दा हाल आधारभूत स्वास्थ्य सेवा केन्द्रले नेपाली कांग्रेसको पार्टी कार्यालयबाट सेवा दिई रहेको छ । सानो कोठा त्यसमा पनि पार्टीको कार्यक्रम हुँदा सेवा प्रवाहमा निकै समस्या भइरहेको साथै  सानो कोठा भएका कारण सबै सेवा एकै ठाउँबाट दिनु परी रहेकाले महिलाहरुलाई सेवा दिन पनि अप्ठ्यारो स्थिति भइरहेको उक्त सेवा केन्द्र ठेकीपुरका संयोजक सुरज केसी  बताउँछन् ।