कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाले खुला प्रतिस्पर्धाबाट सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्त गर्ने भएको छ । नगरपालिकाले आज पालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि आवेदन खुला गरेको हो ।
नगरपालिकाले नगर शिक्षा ऐन २०७७, तथा नगर शिक्षा नियमावली २०८० को परिच्छेद ९, नियम ५० को उपनियम ३ बमोजिम सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्नका लागि आवेदन माग गरेको छ ।
योग्यता पुगेका सामुदायिक विद्यालयमा कार्यरत इच्छुक शिक्षकले यही साउन ३१ गतेभित्र आवेदन दिनुपर्ने जनाइएको छ ।














