अपमानजनक बजेट बनाएको भन्दै स्थानीयले गरे वडा कार्यालयमा तालाबन्दी

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा नं ७ का वडा अध्यक्षले आर्थिक वर्ष २०८०/०८१ को बजेट एकलौटी ढंगले विनियोजन गरेको भन्दै स्थानीयले आज वडा कार्यालयमा ताला लगाएका छन् ।

वडा नं ७ काे कीर्तिपुर टोलमा कान्द्रा र डोडा नदिले कटान गर्दा बस्ती नै विस्थापित हुने अवस्थामा पुगेको भए पनि वडा र नगरले बजेटमा कुनै योजना नछुटाएको र कान्द्रा र डोडा नदिमा तटबन्ध नहुँदा हजारौँ जमिन कटान र बस्ती नै उच्च जोखिममा परेको स्थानीय रागब शाहीले बताए । पटक पटक वडाध्यक्ष सँग छलफल गर्दा सुनाई नभएको उनको भनाई छ । जनताको आवश्यकता अनुसार सहमतिमा बजेट छुट्टाउन र जनगुनासोलाई सम्बोधन गर्न स्थानीयहरूको माग समेत रहेको छ । प्रत्येक वर्ष आफूहरूलाई आश्वासन मात्र दिने गरेको तर काम भने पटक्कै नभएको उनीहरूको गुनासो छ ।

वडा अध्यक्ष जुगराम चौधरीले भने त्यहाँको समस्या आफूलाई अवगत भएको तर वडाको बजेटले तटबन्ध गर्न नसकिने भएकाले कान्द्रा र डोडा नदिको कटान रोक्नको लागि नगर, प्रदेश र सङ्घीय सरकारको बजेटमा मात्र काम हुने बताए ।

 

Share