डोटीको बडीकेदारमा चट्याङ लागेर एक जनाको मृत्यु

प्रतीकात्मक तस्बिर

डोटी । डोटीको बडीकेदारमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बडीकेदार गाउँपालिका ५ दुदिलाका ६५ वर्षीय हर्क बहादुर बोहराको बिहीबार घर नजिकै बाख्रा चराउने क्रममा चट्याङ लागेर मृत्यु भएको हाे ।

बिहीबार दिउँसो करिब साढे दुई बजे परेको चट्याङ लागेर बोहराकाे मृत्यु भएकाे र चट्याङले ६ ओटा बाख्रा समेत मरेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक युवराज भण्डारीले जानकारी दिएका छन् ।

Share