राजस्थानलार्इ पराजित गर्दै गुजरात आइपिएल क्रिकेटको फाइनलमा

भारत : १५ औँ सिजनको इन्डियन प्रिमिएर लिग आइपिएल क्रिकेटमा गए राती भएको पहिलो क्वालिफाएर खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै नव प्रवेशी गुजरात टाइटन्स फाइनलमा पुगेको छ ।
मंगलबार नेपाली सयम अनुसार राति पौने ८ बजे कलकत्ता स्थित इडेन गार्डेन मैदानमा भएको पहिलो क्वालिफायर खेलमा राजस्थानले दिएको १ सय ८९ रनको विशाल विजयी लक्ष्य पछ्याएको गुजरातले १९ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा ग¥यो । उसलार्इ सहज जित दिलाउन डेविड मिलरले अविजित ६८ रन पारी खेले । त्यस्तै कप्तान हार्दिक पाण्डेय पनि ४० रनमा अविजित रहँदा शुभमन गिलले र म्याथ्यु वेडले समान ३५ रन बनाए ।बलिङ तर्फ राजस्थानका ओबेद म्याकोय र ट्रेन्ट बोल्टले समान १ विकेट लिए ।

टस हारेर ब्याटिङको मौका पाएकाे राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८८ रन बनायो । राजस्थानका ओपनर जस बटलरले सर्वाधिक ८९ रन को योगदान दिँदा कप्तान सन्जु स्यामसनले ४७ र देवदत्त पाडिक्कलले २८ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । 

बलिङमा गुजरातका मोहम्मद शामी, यश दयाल, हार्दिक पाण्डेय र रविश्रीनिवासन साई किशोरले समान १ विकेट लिएका थिए ।
पहिलो क्वालिफायरमा पराजय भोगेको राजस्थानले अब एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरमा आज तेस्रो स्थानको लखनउ सुपर जायन्ट्स र चौथो स्थानको रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *