कैलाली । अखिल नेपाल फुटबल सङ्घ एन्फा ले आज आइतबार फिफा विश्वकप छनोट खेल्ने नेपाली प्रारम्भिक टोलीको घोषणा गरेको छ ।
राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले ३० जनाको प्रारम्भिक टोली घोषणा गर्दै उनीहरूलाई बन्द प्रशिक्षणका लागि बोलाइएको एन्फाले जनाएको छ ।
खेलाडीको बन्द प्रशिक्षण अगस्ट १ बाट शुरु हुने पनि एन्फाले नै जनाएको छ । प्रारम्भिक टोलीको गोलकिपरमा किरणकुमार लिम्बू, अनिष देउजा, दीप कार्की, अभिषेक बराल रहेका छन् । डिफेन्डरमा विमल पाण्डे, सनिष श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सीमान्त थापा, अन्जल महर्जन, छिरिङ लामा र अञ्जन राईलगायतका खेलाडी छन् ।
यस्तै मिडफिल्डरमा एरिक विष्ट, सुदीप गुरुङ, लकेन लिम्बू, आभाष लामिछाने, उत्सव राई, विशाल तामाङ, विवेक पौडेल र कृतिश रत्न छन् । त्यसै गरि फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्तीमगर, जिलेस्पी जंग कार्की र दिनेश हेन्जन रहेका छन् ।
भर्खरै साफ च्याम्पियनसिप खेलेर फर्किएको नेपाल अब सन् २०२६ को विश्वकप छनोटको यात्रामा रहने छ ।













