कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिका-५ ’ग’ गाउँमा कांग्रेसको विजयी भोजमा जाँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा १७ जना घाइले भएका छन् । से २ त २१९१ नम्बरको ट्रयाक्टर सवार १७ जना दुर्घटनामा परि घाईते भएका र उनिहरूकाे धनगढीस्थित माया मेट्रो अस्पताल उपचार भइरहेकाे इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।
सामान्य चाेटपटक लागेका ९ जनालाई अस्पतालले डिस्चार्ज गरिसकेको र ट्रयाक्टर चालक पुनर्वास-५ कै ३० वर्षीय लक्ष्मण पूजारा सहित ८ जनाको उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ प्रहरीले जनाएकाे छ । मंगलबार पुनर्वासका नवनिर्वाचित नगर प्रमुख तोयप्रसाद शर्मा घाईतेहरुको अवस्था बुझ्न अस्पताल आएका थिए ।













