काठमाडाैं :आगामी शनिबार दशरथ रङ्गशालामा हुने भनिएको बलिउड अभिनेता सलमान खानको कन्सर्ट अन्तिम समयमा स्थगित गरिएको छ । आयोजक संस्था ओडीसी र वलिकल्इच ग्रुपकाे अायाेजनामा हुने भनिएकाे ‘दबाङ्ग रिलोडेड टुर’ रोकिएको हाे । स्थानीय चुनावको कारण टिकट बिक्रीमा प्रभाव परेको र वर्षातको समय सुरु भएकाले कार्यक्रम गर्न असहज हुने र अनुकूल समयमा कार्यक्रम गर्ने गरी अर्को मिति चाँडै घोषणा हुने अायाेजनकले जनाएकाे छ ।
कार्यक्रमको तयारीमा कलाकारको पारिश्रमिक, लाइट, साउन्ड र स्टेज व्यवस्थापनमा झण्डै ८ करोड रुपैयाँ खर्च भइसकेको अवस्थामा समेत स्थगन गरिएको छ । कार्यक्रममा बलिउड अभिनेता सलमान खान, नायिका ज्याकलिन फर्नाडिज सहित अन्य स्वदेशी र विदेशी कलाकारहरू उपस्थिति रहने जनाइएकाे थियाे । नायिका ज्याकलिन फर्नाडिज माथि लागेको मुद्दाका कारण देश छोड्न प्रतिबन्ध लगेकाे तर मुम्बईको टोलीले उनकाे सट्टामा प्रजा हेगेडेलाई पठाउने निर्णय गर्यो ।
खर्च निकै भइसकेको हुनाले कानुन सम्बद्ध नयाँ मितिमा चाडै हुने कार्यक्रममा यहि टिकटले मान्यता पाउने तर टिकट फिर्ता लिन चाहने दर्शकले सहजै प्राप्त गर्ने जानाइएकाे छ ।














