पहलमानपुरमा बस र ट्रक आपसमा ठोकिँदा चालक सहित १४ जना घाइते, घाइते सबैको पहिचान खुल्यो

तस्बिर : सामाजिक सञ्जाल

कैलाली । कैलालीकाे घोडाघोडी नगरपालिका १० पहलमानपुरमा आज दिउँसो बस र ट्रक आपसमा ठोक्किदा दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी १४ जना यात्रु घाइते भएका छन् ।

पुर्वबाट पश्चिम तर्फ जादै गरेको सु प प्र ०१००१ ख २७५९ नम्बरको ट्रक र पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको म १ ख ९०९ नम्बरको बस पूर्व पश्चिम राजमार्गमा ठोकिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।

प्रहरीका अनुसार घाइते हुने सबैको पहिचान खुलेको छ । घाइते हुनेहरुमा ५० बर्षीय बस चालक तेज सिंह ठगुन्ना, जानकी ५ का ट्रक चालक बाल कृष्ण चौधरी, घोडाघोडी १ बस्ने ५१ बर्षीय प्रेमलाल चौधरी, घोडाघोडी १० बस्ने २३ बर्षीया चित्रा शाही, सोही ठाँउका २१ बर्षीय कपेश शाही, टिकापुर १ बस्ने २५ बर्षीया कमला रावल (भन्डारी), उनका ४ बर्षीय छोरा एलन भन्डारी, टिकापुर १५ बस्ने ४१ बर्षीया यशोदा कठायत, टिकापुर ३ बस्ने ३५ बर्षीया पुष्पा श्रीपाली, उनका १० बर्षीय छोरा जोन श्रीपाली, गोदावरी २ तेघरी बस्ने ४० बर्षीय विर्ख बहादुर रानामगर, मोहन्याल बस्ने २५ बर्षीया विना चन्द, उनकी १ बर्षीया छोरी सरस्वती चन्द, बर्दिया राजापुर ३ बस्ने २२ बर्षीय सुस्मा चौधरी, सोही ठाँउका कायरन चौधरी र सुर्खेतको विरेन्दरनगर घर भएका ७० बर्षीय मोति मिजारा घाईते भएका छन ।

घाइते सबैको अहिले घोडाघोडी अस्पताल सुखडमा उपचार भईरहेको पनि इप्रका सुखडले जनाएको छ ।

Share