साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल बलियो टोली भारतको सामना गर्दै

तस्बिर : सामाजिक सञ्जाल

कैलाली । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज घरेलु टोली भारतको सामना गर्ने भएको छ । नेपालले आफ्नो दोस्रो खेलमा आज भारतसँग खेल्न लागेको हो ।

यो खेल बैङ्ग्लोरको श्रीकांतिराव स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने आठ बजे सुरु हुनेछ । नेपाल साफ च्याम्पियनसिपको साविक उपविजेता टोली समेत हो । भारत साविक विजेता टोली हो । भारतमा भैरहेको साफ च्याम्पियनसिपको पहिलो खेलमा भने नेपाल कुवेतसँग ३-१ गोलको नराम्रोसँग पराजित भएको थियो । भारतले पाकिस्तानलाई ४-० ले हराएको थियो । समूह ‘ए’ मा रहेको नेपाललाई सेमिफाइनलमा पुग्न आज जित्नैपर्ने छ । तर त्यो निकै कठिन छ ।

साफ च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान र माल्दिभ्स छन् । कुवेत र लेबनान आमन्त्रित टोलीको रुपमा सहभागी छन् । नेपालले तेस्रो तथा समूह चरणको अन्तिम खेलमा असार १२ गते पाकिस्तानसँग खेल्नेछ ।

Share