आइपिएल क्रिकेटको पहिलो क्वालिफायरमा गुजरात र राजस्थान भिड्दै, जित्ने टोली फाइनल पुग्ने

फाइल फोटो

भारत : १५ औं सिजनको इन्डियन प्रिमियर लिग आइपिएलको पहिलो क्वालिफायर खेल आज राती ७ बजे कोलकातास्थित इडेन गार्डेनमा हुँदैछ । उक्त खेलमा गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्ने भएका छन् ।

हाल गुजरात अङ्क तालिकाको पहिलो र राजस्थान दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्न लागेका हुन् । यो खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउने छ भने पराजित टिम इलिमिनीटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । नवप्रवेशी गुजरात पहिलो सिजनमा नै प्लेअफ पुगेको हो । समूह चरणका १४ मध्ये १० जित र चार पराजय भाेगेकाे गुजरातको नतिजासहित २० अङ्क रहेको छ । यस्तै समूह चरणमा राजस्थानले नौ जित र पाँच हार सहित १८ अङ्क जोडेको थियो ।
 
गुजरात राजस्थानलाई हराउँदै पहिलो सहभागितामै फाइनल प्रवेश गर्ने सोचमा छ । सन् २००८ को पहिलो सिजन जितेको राजस्थान पनि आज जित निकाल्दै दोस्रोपटक फाइनल खेल्ने धुनमा मैदान प्रवेश गर्नेछ । समूह चरणको भेटमा गुजरातले राजस्थानलाई ३७ रनले पराजित गरेको थियो । 
यो सिजनको प्लेअफमा राजस्थान,गुजरात, लखनउ र बैङ्ग्लोर रहेका छन् । दोस्रो क्वालिफायरमा लखनउ र बैङ्ग्लोर भिड्ने छन् ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *