सायन जहाँगीरको शतकीय पारीमा अमेरिकाले दियो नेपाललाई मध्यम लक्ष्य, केसीले गरे बेसी बलिङ 

कैलाली । जिम्बाबेमा जारी आईसीसी एकदिवसीय क्रिकेट विश्वकप क्वालिफाएर छनोट प्रतियोगितामा आज भैरहेको खेलमा पहिलो इनिङको समाप्ति भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले नेपालसामु दुई सय आठ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

सुरुवाती अवस्थामा धराशयी बनेको अमेरिकाका मध्यम क्रमका ब्याट्सम्यानले संयमित पूर्वक ब्याटिङ गर्दै दुई सय सात रन बनायो । उसका लागि शायन जहाँगीरले अविजित शतकीय पारी खेल्दै टोलीलाई मध्यम लक्ष्यमा पु¥याउन सफल भए । ७९ बलको सामना गरेका सायनले तीन छक्का र १० चौकाको मद्दतमा एक सय रनको पारी खेले ।

कुनै बेला ७.५ मा १८/४ को स्थितिमा रहेको अमेरिका २१.३ मा ९४/६ को स्थितिमा रहेका अमेरिकालाई विकेट किपर शायनले इँटा थप्ने काम गरे । 

यस्तै सुशान्त मोदानीले ४२ रनको पारी खेल्दा गजानन्द सिंहले २६ रनको पारी खेल्न बाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । 

बलिङतर्फ नेपालका करण केसीले घातक बलिङ गरे । उनले नौ ओभरमा तीन ओभर मेडन राख्दै ३३ रन खर्चिदै महत्वपूर्ण चार विकेट हात पारे । त्यस्तै गुल्सन झाले तीन, दीपेन्द्र सिंह ऐरीले दुई तथा ललित राजवंशीले एक विकेट हात पारे ।  नेपालका लागि महत्वपूर्ण मानिएका स्टार सन्दीप लामिछाने भने दोस्रो खेलमा समेत विकेट विहीन रहे । १० ओभर बलिङ गरेका लामिछानेले विना विकेट ५८ रन खर्चिए ।

पहिलो खेलमा जिम्बाबेसँग खेल्दा १० ओभरमा विना विकेट ७७ रन खर्चिएका थिए ।

नेपाललाई आजको खेल महत्वपूर्ण रहेको छ । आजको खेल जिते नेपालको सुपर सिक्समा पुग्ने सम्भावना जिवितै रहने छ ।   

Share