करेन्ट लागेर घोडाघोडीमा एक जनाको मृत्यु 

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ३ मा सोमबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नारायणपुर गाउँका ३५ वर्षीय फुलराम चौधरी रहेका इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । नगरपालिकाकाे वडा नम्बर पाँच डोडाका चौधरीको करेन्ट लागेर सोमबार बिहान करिब ११ बजे मृत्यु भएको हो ।

गाउँमा सिचाईको लागि तार जडान गर्ने क्रममा करेन्ट लागेका उनलाई उपचारको लागि घोडाघोडी अस्पताल लगिएको र चिकित्सकले मृत्यू भइसकेकाे जानकारी गराएकाे इलाका प्रहरी कार्यालय सुखडका प्रमुख वीरेन्द्र वीर विश्वकर्माले जानएका छन्।

 

Share