सुदूरपश्चिम प्रदेश सरकारकाे आगामी आर्थिक वर्षकाे बजेट २९ अर्ब २६ करोड (पूर्णपाठ सहित)

तस्बिर : दिनेश खबर

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि आज शुक्रबार २९ अर्ब २६ करोड भन्दा बढीको बजेट ल्याएको छ । आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले आगामी आर्थिक वर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

आर्थिक मामिला मन्त्री शाहीले चालु खर्चतर्फ नौ अर्ब ५९ करोड ६० लाख दुई हजार अर्थात् ३२.७९ प्रतिशत र पुँजीगत खर्चतर्फ १७ अर्ब दुई करोड २३ लाख ६० हजार अर्थात् ५८.१६ प्रतिशत बजेट विनियोजन गरे ।

अन्तर सरकारी वित्त हस्तान्तरण अन्तर्गत दुई अर्ब ३४ करोड ७५ लाख ७० हजार अर्थात् ८.०२ प्रतिशत तथा वित्तिय व्यवस्थातर्फ ३० करोड बजेट विनियोजन गरेका छन् ।

प्रदेश सरकारले विनियोजन गरेको खर्च ब्यहोर्ने स्रोततर्फ आन्तरिक राजश्वबाट एक अर्ब ५० लाख र नेपाल सरकारबाट राजश्व बाँडफाँडबाट प्राप्त हुने नौ अर्ब ४१ करोड, रोयल्टी बाँडफाँडबाट प्राप्त छ करोड ५६ लाख, वित्तिय समानीकरण अनुदानबाट आठ अर्ब ५२ करोड तीन लाख र चालु आर्थिक वर्षको विनियोजनबाट तीन अर्ब ८६ करोड बचत हुने अनुमान गरिएको छ ।

[pdf-embedder url=”https://raibaronline.com/wp-content/uploads/2023/06/बजेट-वक्तव्य.pdf” title=”बजेट वक्तव्य”]