घोडाघोडी नगरपालिका अगाडि शिक्षककाे धर्ना

तस्बिर : ईश्वर जैशी

कैलाली नेपाल विद्यालय कर्मचारी परिषद्को अगुवाइमा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी(लेखापाल) र प्रारम्भिक बाल विकास (ईसीडी) शिक्षकहरू न्यूनतम पारिश्रमिकको माग राख्दै देशभार आन्दोलनरत छन् । उक्त  आन्दोलनको समर्थनमा कैलालीको घोडाघोडी नगरपालिका अन्तर्गत रहेका ५० सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरु र ईसीडीहरुले आज घोडाघोडी नगरपालिका अगाडि धर्ना दिएका छन् ।

देशभरका शिक्षकहरू जेठ १७ गतेबाट  विद्यालयका पियन र लेखापालको न्यूनतम पारिश्रमिकको माग गर्दै आन्दोलन गरिरहेका छन् । सरकारको नीति तथा कार्यक्रममा सेवा सुविधा बढाउने भनिए पनि बजेटमा उक्त विषयले प्राथामिकता नपाउँदा आन्दोलन गर्नु परेको घोडाघोडी नगरपालिका वडा नं. ८ स्थित राष्ट्रिय माध्यमिक विध्यालय तारानगरका लेखापाल कमल बडुवालले बताए । उनले नगरपालिकाको मूल गेटमा बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्म नगर भित्र रहेका करिब ३३ जना जति कर्मचारीको उपस्थितिमा धर्ना दिइएको जानकारी दिएका छन् ।

Share