कैलाली । कैलालीकाे घोडाघोडी नगरपालिकाले जेठ २९ गते सोमबारदेखि असार एक गतेसम्म विध्यालयमा बिदा दिएकाे छ । नगरपालिकाले आज आइतबार एक सूचना जारी गर्दै देशमा बढ्दै गरेको अत्याधिक गर्मीका कारण बालबालिकामा विभिन्न किसिमका स्वास्थ्य समस्या देखा पर्न सक्ने भन्दै वर्षे बिदामा मिलान हुने गरि पाँच दिन विद्यालय बन्द गर्न भनेको हाे।
साथै जेठ २५ गतेदखि स्कुलहरूमा बालबालिकाका लागि सुरु भएको दादुरा रुबेला खोप कार्यक्रम तथा तोकिएका पूर्व निर्धारित परीक्षामा प्रभाव नपर्ने गरि बिदा दिन जनाएको छ ।














