असार १ गतेदेखि सडक खन्न रोक, अटेरी गरे कारवाही गरीने

काठमाडौं । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले असार १ गतेदेखि सडक खन्न राेक लगाएकाे छ । वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गर्न कठिनाइ हुने भन्दै असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको हाे ।

संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने र कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कारबाही गरिने सूचना जारी गरिएकाे छ । 

सरकारी निकायबीच समन्वय नहुँदा सहरी क्षेत्रमा सडक भत्काउने र बनाउने क्रम चल्दा नागरिकले सास्ती भाेग्ने गरेका छन् । वर्षा लागेपछि सडक समयमै मर्मत गर्न नसकिने र आवागमनमा असुविधा पुग्ने हुँदा तीन महिना सडक खन्न रोक लगाइएको कार्यालयको जनाएको छ ।

Share