कैलाली । कैलालीको गौरीगङ्गाकी कविता बुढाको शव नजिकैको सामुदायिक वनमा गाडिएको अवस्थामा सोमबार फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पाँच दिन देखि बेपत्ता भएकी बुढाकाे शव गाडीएकाे अवस्थामा जङ्गलमा फेला परेकाे हाे ।
जिल्लाको गौरीगङ्गा नगरपालिका १ की २७ वर्षीया कविता बूढा सहित उनका जेठा छोरा र ससुरा जेठ १८ गते देखि घरबाट बेपत्ता भएका थिए । प्रहरीले बुढाको शव गाडिएको अवस्थामा फेला पारी ससुराको खोजि गरिरहेको छ । सोमबार साँझ घरदेखि करिब दुई किलोमिटर टाढा केदारेश्वर सामुदायिक वनमा शव गाडिएको अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक खगेन्द्र साउदले बताए ।
सोमबार बिहानमात्रै कविताका दाजुले उनी, उनका छोरा आठ वर्षीय डन्डी राज बूढा र ससुरा ५२ वर्षीय दिलिप सिह बूढा हराएको जानकारी प्रहरीलाई गराएका थिए ।
सोही आधारमा उनीहरू तीन जनाको खोजी गर्दा प्रहरीले कविताको शव फेला पारेको हो । घटना बारे थप अनुसन्धान भैरहेको तथा उनका छोरा र ससुराको खोजी भैरहेको प्रहरी उपरीक्षक साउदले बताए ।













