स्कटल्याण्डसंगको टी २० शृङ्खला न्युजिल्याण्डको पाेल्टा

एजेन्सी । घरेलु टोली स्कटल्याण्डसँगको दुई खेलको टी–२० क्रिकेट शृङ्खला पाहुना टोली न्युजिल्याण्डले आफ्नो पाेल्टामा परेको छ । गएराति भएको दोस्रो तथा अन्तिम खेलमा स्कटल्यान्डलाई १ सय २ रनको फराकिलो अन्तरले हराउँदै न्युजिल्यान्डले शृङ्खला २–० ले जितेको हो ।

न्युजिल्यान्डले दिएको २ सय ५५ रनको विशाल लक्ष्य पछ्याएको स्कटल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन मात्र बनाउन सक्यो ।उसका लागि क्रिस ग्रिभ्सले सर्वाधिक ३७ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

न्युजिल्यान्डका जेम्स निशम र मिचेल रिपोनले समान २ विकेट लिए ।

पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ५४ रन बनायो । उसका मार्क चाम्पमानले सर्वाधिक ८३ रनको अर्धशतकीय पारी खेले । मिचेल ब्रेसवेल ६१ रनमा अविजित रहे ।

स्कटल्याण्डका गाभिन मेनले २ विकेट लिए । न्युजिल्यान्डको यो टी २० इतिहासकै सर्वाधिक उच्च योगफल समेत हो ।

पहिलो खेलमा न्युजिल्यान्ड ६८ रनले विजयी भएको थियो ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *