महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल सजिलो समूहमा

काठमाडौं । भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल सजिलो समूह ‘बी’ मा परेको छ ।दक्षिण एसियाली खेलकुद महासंघ (साफ) ले शनिबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल सो समूहमा परेको हो । साफले सहभागी सात टोलीलाई दुई समूहमा विभाजन गरेको जनाएको छ ।

समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेका छन् । नेपाल रहेको समूह ‘बी’ मा श्रीलंका र भुटान रहेको छ । नेपाल तुलनात्मक रुपमा सहज समूह परेको छ ।

नेपालमा आयोजना हुन लागेकाे महिला साफ च्याम्पियनसिप फुटबलकाे अघिल्लो संस्करण पनि नेपाललेनै आयोजना गरेको थियो । विराटनगरमा भएको उक्त संस्करणमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।

महिला साफका लागि नेपालले बन्द प्रशिक्षण र तयारी सुरु गरिसकेको समेत जनाएको छ । टोलीका मुख्य प्रशिक्षक कुमार थापाले प्रारम्भिक चरणमा ५८ खेलाडी बोलाएर प्रशिक्षण सुरु गरेका छ ।

फाइनलमा बलियाे प्रतिद्वन्दी भारतको सिकार बन्दै आएको नेपाललाई यसपटक काठमाडौंमा वदला लिने राम्रो मौका समेत रहेको आँकलन गरिएको छ ।

प्रशिक्षणमा रहेका महिला खेलाडी

गोलरक्षक : एन्जिला सुब्बा, अञ्जना रानामगर, उषा नाथ, कविता विक, सम्झना चौधरी, सावित्री किशन

रक्षक : अमृता जैशी, गीता राणा, पुनम जर्घामगर, हिराकुमारी भुजेल, पूजा राना, विमला विक, सिर्जना सिंह, निशा ठोकर, सलोनी रानामगर, सिर्जना चेम्जोङ, समीक्षा घिमिरे, खुस्मा राई, गंगा गुरुङ, मोनिका कुश्वार, सविना चौधरी, रोजिना श्रेष्ठ, रेणुका हमाल, कुमारी तामाङ, रेविका पाण्डे र मोनिका पुलामीमगर

मिडफिल्डर : सुनकला राई, रेणुका नगरकोटे, दिलकुमारी रानामगर, पूर्णिमा हमाल, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा राई, इन्दिरा राई, मञ्जली कुमारी योञ्जन, निर्मला उपाध्याय, दीपा शाही, हिमा चौधरी, वीरेन्द्र चौधरी ऐयर, सुमित्रा सिंह पाख्रिन, दीपा न्यौपाने, सिर्जना खड्का र सञ्जु कुमाल

स्ट्राईकर : सावित्रा भण्डारी, अनिता केसी, सरस्वती रोकाया, निर्मला विक, सविता रानामगर, रश्मीकुमारी घिसिङ, रजनी थोकर, चन्द्र भण्डारी, अमिषा कार्की, रेखा पौडेल, कुसुम खतिवडा र सदिपा भोलन ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *