राष्ट्रिय स्वतन्त्र पार्टीको सुदुरपश्चिम भेला शनिबार धनगढीमा

सुखड । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि शनिबार कैलालीको धनगढीमा सुदूरपश्चिम भेला गर्ने भएको छ ।भोलि अपराह्न १२: ३० बजे धनगढीको ओम प्यालेसमा सुदुर पश्चिम प्रदेश भेला गर्ने भएको छ । भोलिको कार्यक्रममा धनगढी उपमहानगरपालिका का मेयर गोपाल हमाल पनि उपस्थित हुने जनाइएकाे छ । केही दिन सुदुरपश्चिममा रहने उक्त टोलीले धनगढी पछि आईतबार महेन्द्रनगरमा पनि आफ्नो बेला गर्ने भएको छ ।

पत्रकारिता छोडेर राजनीतिमा होमिएका लामिछानेले यति खेर पार्टिकाे प्रचार प्रसारका लागि देशव्यापी भेलामा हाेमिएका छन् ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *