घोडाघोडी नगरपालिकाले ग¥यो कृषि सामाग्री हस्तान्तरण

सुखड । कैलालीको घोडाघोडी नगरपालिका भित्र रहेका तरकारी खेती गर्ने उद्यमीहरूलाई आत्म निर्भर बनाउने उद्देश्यले आज कृषि सामाग्री हस्तान्तरण गरिएको छ । घोडाघोडी नगरपालिका, संयुक्त राष्ट्र संघ विकास परियोजना (यु.एन.डिपी) र सेव नेपालको संयुक्त साझेदारीमा सञ्चालित हरित उत्पादनशीलता तथा समावेशी कोभिड १९ प्रतिकार्य परियोजना अन्तर्गत तरकारी खेती  गर्ने उद्यमीलाई कृषि सामाग्री हस्तान्तरण गरिएको हो ।

व्यवसायी ढङ्गले आफ्नो उत्पादन क्षेत्र बढाउन किसानलाई हजारी, नरिवलको डोरी, गार्डेन पाइप, स्पीरे ट्याङ्की, एग्रोनेट, सिल पाउलिन प्लास्टिक लगायत विभिन्न कृषि सामाग्री हस्तान्तरण गरिएको  सेवक नेपालका परियोजना संयोजक इन्द्रराज जोशीले बताए ।

जोशीले नगर भित्रका वडा नम्बर १, ३, ४, ८ र ९ का तरकारी खेती गरिरहेका ५२ जना उद्यमीहरूलाई एक निर्वाहमुखी नभएर नगरले तोकेको मापदण्ड अनुसार ७० प्रतिशत महिलाको सहभागिता हुने गरि दलित, विपन्न वर्ग, जनजाति र सीमान्तकृत समुदायलाई प्राथमिकतामा राखेर विभिन्न पशुपालक कृषि सामाग्री विभिन्न कार्यक्रम गरेर उपलब्ध गराइ रहेको जानकारी दिएका छन् । 

यस्तै वडा नम्बर १ का अध्यक्ष घनश्याम ओझाले ‘इच्छा शक्ति भएको तर आर्थिक अभावले गर्दा खेती  गर्न नसक्ने र चेतनाको कमी  भएकालाई विभिन्न तवरबाट सीपमूलक तालिमहरू देखि  उनीहरूको रोजाईमा परेको क्षेत्रहरू छनोट गर्दा  कृषि क्षेत्र छनोट गरेका किसानहरूको चाहना भएको’ बताए । उनले ‘सामग्रीको अभावमा बेमौसमी तरकारी, शीत लहरबाट बच्नलाई टनेल, मोटर, सिँचाई पाइप, त्रिपाल, विषादी छर्ने ट्याङ्की जस्ता कुराको अभावमा उहाँहरूले मिहिनेत गर्ने तर ज्ञान नहुँदा र सामग्रीहरू नहुँदा त्यसको प्रतिफल सोचे जस्तो नहुने’ बताएका छन्  ।

किसानलाई थप उर्जा दिनको लागि यूएनडिपीको सहकार्यमा नगरपालिकाको आर्थिक सहयोगमा विगतमा खेती गर्दै आईरहेका मिहिनेत गर्ने तर प्राकृतिक प्रकोपको समस्याले गर्दा र समयमा विषादी हाल्न नपाउँदा प्रतिफल लिन नसक्ने अवस्थालाई केही कम गर्न सामग्री हस्तान्तरण गरेको अध्यक्ष ओझाले बताए  । 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *