फ्राइडे रिलिज : खगेन्द्र लामिछाने अभिनीत एवं निर्देशित ‘पानीफोटो’ प्रदर्शनमा

काठमाडाैं । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार देखि फिल्म निर्माण, अभिनय र लेखनमा पोख्त खगेन्द्र लामिछाकाे अभिनय तथा निर्देशन रहेकाे चलचित्र ‘पानीफोटो’ देशव्यापी प्रदर्शनमा आएको छ । माओवादी जनयुद्धको पृष्ठभूमिमा निर्माण भएको चलचित्रले बेपत्ता छोराको खोजीमा रहेको एक दाम्पतीको कथा बाेकेकाे छ ।

मल्टीप्लेक्सहरुमा बुधवारबाट खोलिएको फिल्मको एडभान्स बुकिङ उत्साहजनक हुन सकेन । यसैपनि नेपाली चलचित्रकाे टिकट काउन्टरबाटै बढी बिक्री हुने गर्छ । खगेन्द्रले लेखन र अभिनयबाट कमाएको चर्चाका कारण उनले पहिलो पटक निर्देशन गरेको चलचित्र ‘पानीफोटो’ प्रति अपेक्षा उच्च छ ।

निर्माता रोजिना सिटौला र रविन्द्र बज्राचार्य रहेकाे  ‘पानिफाेटाे’ मा खगेन्द्रका अलावा अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, राधा श्रेष्ठ, कमलमणि नेपाल, अशान्त शर्मा, अजस्र ढुङ्गाना, कमल देवकोटा, पुष्पा यादव, सुलक्क्षण भारती, टिकाभक्त जिरेल, अनोज पाण्डे, अनिल पाण्डे, अर्जुन पौडेल र नवराज गिरी लगायतको अभिनय रहेकाे छ ।

Leave a Reply