काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा चित्त नबुझेमा ग्रेडवृद्धिका लागि निवेदन दिन विद्यार्थीलाई आज एक सूचना निकालेर जानकारी दिएको छ ।
साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडवृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीले ग्रेडमा चित्त नबुझेमा पुनर्योग गराउन सक्ने बोर्डले जनाएको छ । शिक्षा विकास तथा समन्वय इकाई वा सोझै कार्यालयमा साउन २७ गतेसम्म निवेदन दिन सक्ने समेत जनाइएको छ ।
बुधवार २०७८ सालको एसईईको नतिजा सार्वजनिक गरिएकाे थियो । देशभरबाट ४ लाख ९५ हजार ७ सय ५१ जना विद्यार्थी सहभागी एसईईमा थिए ।













