जुवातास खेलिरहेको अवस्थामा बझाङ र काठमाडाैंबाट एक लाख बढी रकम सहित १६ जना पक्राऊ

काठमाडाैं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले एक लाख २२ हजार ४ सय १५ रुपैयाँ सहित १६ जनालाई पक्राउ गरेकाे छ । प्रहरीले बझाङ र काठमाण्डौबाट बुधबार उनीहरूलाई जुवा खेलि रहेकाे फेला पारी पक्राउ गरेको जनाएको छ ।

दिउँसो बझाङको जयपृथ्वी नगरपालिका-९ सिमखेतमा बिष्णु मण्डेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँका ५८ वर्षीय दिपक खड्का सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले छापा हान्दा उनीहरूलाई फेला पारेको हो । साथै उनीहरूको साथबाट नगद ९१ हजार ५ सय ७५ रूपैयाँ समेत फेला पारेको प्रहरीले जनाएकाे छ ।

यस्तै बुधबार दिउँसो नै काठमाडौं महानगरपालिका-१६ मनाङगेटमा दिप लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-१६ नयाँबजार बस्ने २७ वर्षीय वीर बहादुर गुरुङ सहित ५ जनालाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथबाट नगद ३० हजार ८ सय ४० रूपैयाँ र ३ बुक तास फेला परेकाे र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share

Leave a Reply